Monday, October 14, 2019

खगेन्द्र पराजुली
२७ अशोज, नवलपुर ।
पिठौलीको मध्यवर्ती बनमा ५५ वर्षका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । आज साँझ कावासोती १३ का गोरे तामांगको शव नमूना मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको जंगल क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकको शरीरको पछाडी पिठ्युमा सामान्य चोट लागेको छ । सोही जंगलमा आज बिहान एक महिलालाई गैडाले आक्रमण गरी घाईते बनाएको थियो । त्यसकारण पनि ति पुरुषको गैंडाको आक्रमणबाट ज्यान गएको हुनसक्ने प्रहरीको आशंका रहेको छ यद्यपि पुष्टि भने हुन सकेको छैन ।
स्थलगत अनुसंधान सकि अहिले राती ९ बजे शब परिक्षणका लागी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लगेको जिल्ला प्रहरी नवलपुरका अनुसंधान प्रमुख राजेन्द्र अधिकारीले बताउनुभयो ।
वहाँले पोष्टमार्टम रिपोर्टपछि थप अनुसंधान हुने बताउनुभएको छ ।
सो बनमा आज उपभोक्ताहरु दाउरा लिन गएका दिए ।सोही क्रममा बिहान गैंडाले हानेर गम्भीर घाईते भएकी महिलाको उपचार भैरहेको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *