Tuesday, October 15, 2019



उर्मिला यादव यात्री 
२८ असोज , सुनवल 

पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं ६ गुठी परसौनीको नेपाली नहरमा  एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाँउपालिका वडा नं ५ बेलवानी बस्ने अन्दाजी ३५ बर्षिय राजकुमार डोमको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको हो । 

डोमले प्रयोग गरेको यु.पी ५७ जेड ६१५२ को नम्बरको भारतिय मोटरसाईकल र मोबाईल घटना स्थलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भएको छ । उहाको अनुसार घटनालाई थप अनुसन्धान गर्नका लागी डग स्क्वायर) तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो भने मृतकको टाउकोमा गम्भिर चोट लागेको र  धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमान गरीएको छ । 

शवलाई पोस्टमार्टमको लागी पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा राखिएको र  थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तै, देवचुली १६ रजहर चोक स्थित प्रतिक्षालयमा अपरिचित व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ५५ वर्षको जस्तो देखिने एक अपरिचित व्यक्ति प्रतिक्षालयमा सुतिरहेको अबस्थामा देखेपछि स्थानीयले रजहर ईलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए । 
प्रहरीका अनुसार हालसम्म निजको पहिचान खुल्न नसकेको बताएका छन । शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *