Saturday, November 2, 2019


खगेन्द्र पराजुली, 
१६ कार्तिक, नवलपुर । 

दलदले मुण्डे सडक खण्ड अन्तर्गत देबचुली नगरपालिकाको कार्यालय नजिक मोटरसाईकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाईते भएका छन् । शुक्रवार साँझ करीव पौने ७ वजेको समयमा मोटरसाईकलले ठक्कर दिएको स्थानीयले बताएका छन् । 

ठक्करवाट देबचुली नगरपालिका वडा नम्वर १२ का सुस्तमनस्थितिका ५१ बर्षका सुकबहादुर बिक घाईते भएका हुन् । 

सुकबहादुरका भतिज धनबहादुर सुनारका अनुसार घाईते अवस्थामा दलदलेस्थित राजु मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको हो । राती नै भरतपुर पुर्याईएका घाईते सुकबहादुरको टाउकोमा रगत जमिसकेकाले पनि अवस्था गम्भीर रहेको डाक्टरको भनाई उधृत गर्दै धनबहादुरले बताएका छन् । 

घाईतेलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारका क्रममा दलदले ल्याईसकेपछि सुचना पाएपश्चात प्रहरी पुगेको हो । 

दुर्घटनामा संलग्न रहेको आशंकामा स्थानीयले बताएबमोजिम १ जनालाई नियन्त्रणमा लिई अनुसन्धानमा लागेको अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख अर्जुन रानाले बताउनुभएको छ ।   

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *