Friday, November 1, 2019




खगेन्द्र पराजुली, 
१५ कार्तिक, नवलपुर । 


देबचुली ७ मा आज शुक्रवार उद्घाटन भएको देबचुली नगरपालिकाको वडास्तरीय भलिवल प्रतियोगितामा ४ खेल सम्पन्न भएका छन् । नगरपालिकाभित्रकै सम्वन्धित वडाकै खेलाडीहरु मात्र समावेश गराई सञ्चालन गरिएको प्रतियोगितामा ८ समूह खेलेका थिए । 


जसमा आज सम्पन्न पहिलो चरणको खेलमा देबचुली ८ आँपटारी, देबचुली ९ समूह ए, जनजागृति युवा क्लव देबचुली ९ बिशालटार र  देबचुली ६ मुण्डेले सोझो सेटमा जित निकाल्दै अघिल्लो चरणमा प्रबेश गरेका छन् । 

प्रतिस्पर्धा देबचुली ८ आँपटारी र आयोजक लालीगुराँस युवा क्लव समूह ए, देबचुली ९ समूह ए र आयोजक बी, जनजागृति युवा क्लव देबचुली ९ बिशालटार र क्रियटीभ युवा क्लव देबचुली ४ झाक्रे तथा  देबचुली ६ मुण्डे र देबचुली ९ समूह बी बीच भएको क्लवका सचिव कृष्ण पाठकले बताउनुभयो । 

बर्षेनी यसै समयमा सञ्चालन गरिने प्रतियोगिता अन्तर्गत यस बर्ष आयोजित खेल कार्यक्रमको उद्घाटन देबचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन देबचुली ८ का अध्यक्ष चन्द्रबहादुर सिंजाली,  नगरस्तरीय युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष भीमलाल तिवारी, देउसोत खोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ओमप्रकाश भटराई लगायतको उपस्थितिमा भएको थियो ।


उद्घाटन कार्यक्रमको अध्यक्षता लालीगुराँस युवा क्लवका अध्यक्ष मनप्रसाद पाण्डेले गर्नुभएको थियो । 

आजबाट शुरु भएको खेल १७ गते आईतवारसम्म ३ दिन जारी रहने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५–१५ र १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने खेल संयोजक प्रबिण थापाले बताउनुभयो । 


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *