Thursday, October 31, 2019


१४ कार्तिक, नवलपुर । 

देबचुलीको दलदलेबाट लक्ष्मीपूजाका रात पक्रिएका २८ जुवाडेलाई अनुसन्धानका लागी अदालतबाट म्याद थप गरिएको छ । 

नवलपुर जिल्ला प्रहरी कार्यालयले माग गरेको पहिलो म्याद थप १० दिन भएपनि ११ गते गत सोमवारबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय नवलपुरबाट ७ दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरु उपर जुवातास अन्तर्गत म्याद थप गरी थप अनुसन्धानमा लागेको प्रहरीले जनाएको छ  । पक्राउ परेका वखत  तिहारको सार्वजनिक बिदाका कारण प्रशासन कार्यालय बन्द भएकोले आज  कार्यालय खुले सगै २८ जना जुवाडे उपर म्याद थप गरिएको हो ।  

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्र प्रसाद अधिकारीका अनुसार प्रहरीले अनुसन्धानका लागी बढीमा २५ दिनसम्मको म्याद थप गर्न सक्नेछ ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *