खगेन्द्र पराजुली,
१३ कार्तिक, नवलपुर ।
देबचुली नगरपालिका २ स्थित दुम्कौली चोकको प्रतिक्षालयमा बेवारिशे पुरुष मृत भेटिएका छन् ।
आज बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका उनको सनाखत हुन सकेको छैन । मृतक मंगोलियन अनुहारको जस्तो देखिएको अनुसन्धान प्रमुख अधिकारीले जनाउनुभएको छ ।
५०–५२ बर्षको जस्तो देखिने उनी ८–९ दिनदेखि सोही प्रतिक्षालयमा बस्ने गरेको स्थानीयलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान प्रमुख राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
शवको प्रारम्भिक अनुसन्धान सहित मुचुल्का तयार गरी भरतपुर अस्पतालको शवगृहमा पठाईएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment