Wednesday, October 30, 2019



खगेन्द्र पराजुली, 
१३ कार्तिक, नवलपुर । 

देबचुली १० स्थित शान्तिदीप युवा क्लवले क्लवको भवन निर्माणार्थ आयोजना गरेको एक दिने देउसी भैलो कार्यक्रमबाट संकलित सहयोग रकमको आम्दानी खर्च रकम सार्वजनिक गरेको छ । 

क्लवका अध्यक्ष अमर घर्ती मगरले क्लवको फेसबुक पेजमार्फत भाईटीकाका दिन आयोजना गरेको देउसी भैलोमा संकलन भएको नगद, वोलचन्दा र जिन्सी मुल्यांकन सहितको आम्दानी र कार्यक्रम गर्दा भएको खर्चको हिसाव सार्वजनिक गर्नुभएको हो । 

क्लवले खर्च कटाएर कुल १ लाख ८३ हजार ९ सय ३० रुपैंया बचत गरेको छ । 

२ लाख ५ हजार ८ सय २५ रुपैंया आम्दानी तथा  २१ हजार ८ सय ९५ रुपैंया खर्च भएको बिवरण उल्लेख गरिएको छ । 

क्लवले सञ्चालन गरेको कार्यालय भवन निर्माणार्थ देउसी भैलो कार्यक्रममा  १ लाख ५० हजार ४ सय ५० रुपैंया नगद उठेको, २५ हजार ३ सय ७५ रुपैयाँ बचनदान आएको र तीस हजार बरावरको जिन्सीको मुल्यांकन भएको जनाएको छ । 

शान्तिदीप युवा क्लवको भवन निर्माणका लागी वडा कार्यालयले चालु आर्थिक बर्षको बजेटबाट ३ लाख रुपैंया समेत छुट्याएको देबचुली १० का वडाध्यक्ष केशर आलेले बताउनुभयो । 

शान्तिदीप युवा क्लवले बिशेष गरेर युवाहरुलाई खेलकुदका क्षेत्रमा प्रस्तुत गराउने गर्दछ । यहाँका युवाहरु फुटबल, भलिबल र क्रिकेटसँग सम्वन्धित खेलकुदमा प्रतिस्पर्धामा उत्रने गर्दछन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *