खगेन्द्र पराजुली,
१६ कार्तिक, नवलपुर ।
देबचुली ७ मा हिजो शुक्रवारबाट जारी देबचुली नगरपालिकाको वडास्तरीय भलिवल प्रतियोगितामा आज शनिवार पहिलो चरणका ८ समूहबीचको ४ खेल सम्पन्न भएका छन् भने दोस्रो चरणको एक खेल सम्पन्न भएको छ ।
पहिलो चरणकोे खेलमा देबचुली १६, मुढावास समुह ए, देबचुली १२ गैडी र मुढावास समुह बी ले जित निकाल्दै दोस्रो चरणमा प्रबेश गरेका छन् ।
प्रतिस्पर्धा देबचुली १६ र आयोजक समुह सी, मुढावास समुह ए र आयोजक डी, देबचुली १२ गैडी र आयोजक ई तथा मुण्डे समुह बी र मुढावास समुह बी बीच भएको क्लवका सचिव कृष्ण पाठकले बताउनुभयो ।
त्यस्तै दोस्रो चरणको प्रतिस्पर्धामा आयोजक देबचुली लालीगुराँस युवा क्लब र देबचुली ९ बिशालटारबीच भएको खेलमा आयोजक देबचुली लालीगुराँस युवा क्लबले जित निकालेको छ ।
हिजोबाट शुरु भएको खेल भोलीे आईतवारसम्म जारी रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः २५–१५ र १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने खेल संयोजक प्रबिण थापाले बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment