खगेन्द्र पराजुली
२० कार्तिक, नवलपुर ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुर नवलपरासीको प्रगतिशील तथा कम्युनिष्ट आन्दोलनको शुरुदेखी हालसम्मका पात्रहरुका बारेमा ईतिहास लिपीबद्ध गर्नका लागी जुटेको छ ।
आज कावासोतीमा पत्रकारहरुसँगको साक्षात्कारमा जिल्ला पार्टी सल्लाहकार एवं पार्टीको आवधिक मुखपत्र बिकल्प बुलेटिनका लागी ईतिहास बिषेशांक प्रकाशन समितिका संयोजक जनकलाल तिवारीले नवलपरासी पुर्ब र पश्चिमको कम्युनिष्ट आन्दोलनको वरिपरि रहेर छलफल एवं चर्चा गर्दै कम्युनिष्ट आन्दोलन, ईतिहास र पात्रका बारेमा अनुसन्धानात्मक ढंगले सत्य र तथ्य दस्तावेज तयार गर्न लागेको बताउनुभयो ।
वहाँले ईतिहास उचित समयमा सहि ढंगले नलेखिदा त्यसको गलत ब्याख्या पनि हुन सक्ने तर्फ संकेत गर्दै त्यो अवस्थामा सही ईतिहास र आन्दोलन तथा पात्र लोप भएर जान सक्ने हुदा नयाँ पिंढीले बास्तबिकता अनुभव गर्नका लागी यस्तो प्रयत्नमा जुटेको बताउनुभयो ।
संयोजक तिवारीले यही कार्तिक २३ यही बिषय केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम कावासोतीको दियालो होटलमा आयोजना गरिएको समेत जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दीपक पाण्डेले पहिलो चरणमा प्रगतिशील तथा कम्युनिष्ट आन्दोलनमा भूमिका भएका पात्रहरुको संस्थागत रुपमा ईतिहासको दस्तावेज तयार गर्न खोजिएको भएपनि यसलाई प्रजातान्त्रिक आन्दोलनका पात्रहरुलाई पनि दस्तावेजमा कसरी समेटेर यहाँको ईतिहास जिवन्त राख्न सकिन्छ भन्ने सोचमा पार्टी बिचाराधिन रहेको सुनाउनुभयो ।
यहाँको बिगतदेखि हालसम्मको क्रमिक बिकासक्रममा तत्कालिन अवस्थामा सामाजिक र राजनैतिक भूमिकामा रहनुभएका ब्यक्तिहरुको योगदानलाई अनुभूति हुने गरी समेटिने भएकाले राजनैतिक पार्टीका जिल्लाका दस्तावेजदेखि सार्वजनिक भएका खवर–अखवारका अंश, कागजपत्र, पर्चा, बुलेटिन, निर्देशिका, लेख बक्तब्य जस्ता आधारहरु सहित यथार्थतामा पुग्ने प्रयत्नमा सहयोग गरिदिन आग्रह गरिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment