Wednesday, November 6, 2019



खगेन्द्र पराजुली, 
२० कार्तिक, नवलपुर । 

नेपाली कांग्रेसले कास्की २ मा उम्मेदवार टुंगो लगाएको खवर प्राप्त भएको छ । 

नेपाली कंग्रेस श्रोतले कास्की २ बाट खेमराज पौडेललाई उम्मेदवारमा खडा गर्ने भएको जनाएको हो । 

कास्की २ बाट स्यांजाका धनराज गुरुङलाई उम्मेदवार बनाउने चर्चा चलेपनि  गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएको स्रोतले जनाएको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन पनि गर्नुभएकोे छ । उहाँले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाउनुभएको उल्लेख छ ।

यससँगै,  मंसीर १४ गते हुने उपनिर्वाचनमा संघीय साँसद पदको एकमात्र क्षेत्र कास्की २ मा करीव करीव ठूला दलको उम्मेदवार ट्ंगो लागेको छ । 

अन्य दलहरुले भने आफ्ना उम्मेदवारका पक्षमा चुनावी अभियान शुरु गर्न थालेका छन् । 

कास्की २ मा निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने  अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ त्यस्तै,  राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने भएको छ । 

यसैगरी, प्रदेश साँसदका लागी  बागलुङ २ खमा भने उमेदवार चयन गर्न नेपाली कंग्रेस पछाडी परेको छ । 
सो क्षेत्रमा नेकपासँगको सहकार्यमा राष्ट्रिय जनमोर्चाले खिमबिक्रम शाहीलाई उममेदार बनाउने भएको छ । 
राजमो अध्यक्ष चित्रबहादुर केसीव्दारा हस्ताक्षरित विज्ञप्तीमा बागलुङ २ ख मा शाहीलाई उमेदवार तोकिएको छ ।

नेकपाले राजमोलाई सहयोग गर्ने भएपछी शाहीको उमेदवारीलाई विशेष चासोका साथ हेरिएको छ । अघिल्लो निर्वाचनमा यहाँबाट बाम तालमेलमा राजमोका टेकबहादुर घर्ती निर्वा्चित हुनुभएको हो । यस्तै, समाजवादी पार्टीबाट अशोक विक उमेदवार बन्ने हुनुभएको छ  ।

उता नेपाली काँग्रेसले आफ्नो उमेदवार को भन्ने अझै टुंगाएको छैन । पछिल्लो चर्चा अनुसार अघिल्लो चुनावमा पराजित जीत शेरचनलाई नै काँग्रेसले लडाउने निश्चित भएको काँग्रेस कार्यकर्ताहरु बताई रहेका छन् । यद्यपि, क्षेत्रिय अध्यक्ष दोर्णकुमार कुँवरको नाम पनि चर्चामा रहेको छ । शेरचन सिटौल र कुँवर देउवा पक्षधर मानिन्छन ।

त्यस्तै, नवलपुरको बौदिकाली ५को वडाध्यक्षमा  काग्रेसले तुलबहादुर रानालाई वडा अध्यक्षमा उम्मेदवार खडा गर्नेे नेपाली कांग्रेस नवलपुरका सभापति बिष्णु लामिछानेले जानकारी दिए ।

त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बौदीकाली ५ को वडाध्यक्ष पदका लागी खिमबहादुर थापा खरु मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बौदीकाली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष दलबहादुर खरूमगरको ह्दयघातका कारण निधन भएकाले सो पद रिक्त रहेको हो । उहाँ तत्कालिन नेकपा एमालेबाट निर्बा्चित हुनुभएको हो । 

नेकपाले अघि सारेका उम्मेदवार खिमबहादुर खरु मगर दिवगंत दलबहादुर खरु मगरका छोरा हुनुहुन्छ ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै गण्डकी प्रदेशभित्र कास्की २ मा संघीय साँसदका लागी बाग्लुङ २ को ख मा प्रदेश साँसद, लम्जुङको सुन्दरबजार नगरपालिका वडा नम्वर २ , बाग्लुङको बडीगाड गाउँपालिकाको वडा नम्वर २ र नवलपुरको बौदीकाली गाउँपालिका वडा नम्वर ५ मा वडाअध्यक्षको पदका लागी उपनिर्वाचन हुदैछ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *