Saturday, November 9, 2019



खगेन्द्र पराजुली, 
२३ कार्तिक, नवलपुर । 

प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको उद्घाटन खेल सहित प्रतियोगिताको उद्घाटन भएको छ । 

आज जन ज्योति नमूना माबिको खेल मैदानमा एक कार्यक्रमकाबीच नगर प्रमुख पुर्णकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । 

उद्घाटनमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसी,  जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष सेतमान पुन,उपाध्यक्ष हेमुशंकर देबकोटा, देबचुली १४ का वडाध्यक्ष हेमराज दवाडी, प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमाननद भुसाल, महाराजा सामुदायिक बन समितिका अध्यक्ष गनबहादुर राना लगायतको आतिथ्यता रहेको थियो ।


आज भएको उद्घाटन खेल युनाईटेड युवा क्लव, गिरुबारी र हरियाली युवा क्लव रजहरबीच भएको हो । 

आजको खेलमा युनाईटेड युवा क्लवले हरियाली युवा क्लवलाई २ का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै जीत निकालेको छ । 

गिरुवारीका जर्सी नम्वर २१ का सर्बिण मल्लले हाफ अगाडि र पछाडि गरी २ गोल गरेका थिए भने हरियालीका जर्सी नम्वर १० का शंकर क्षेत्रीले हाफ अगाडी १ गोल गरेका थिए । 

आजको म्यान अफ दि म्याच युनाईटेड क्लवका तर्फबाट २ गोल गर्दै जीत निकालेका सर्बिण मल्ल भएका छन् । 

प्रतियोगितामा नवलपुर र चितवनका गरी १६ समुहको सहभागिता रहेको खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभएको छ । 

प्रतियोगिता मंसीर ७ गतेसम्म हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा प्रथम र दोस्रो हुने समुहले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः १ लाख ११ हजार १ सय ११ रुपैया र ६१ हजार १ सय ११ रुपैया पुरस्कार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता  र उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रत्येक खेलमा म्यान अफ दि म्याचको छनोटमा पर्ने खेलाडी र खेल अवधिभरको उत्कृष्ट टीमलाई ट्रफीद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । 

भोलीको खेल भैरव देशभक्त स्पोर्टस क्लव र बिश्व स्मृति युवा क्लव पिठौलीबीच हुने जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *