Sunday, November 10, 2019



खगेन्द्र पराजुली, 
२४ कार्तिक, नवलपुर । 

देवचुली १० पृथ्वीनगरमा पक्की ब्याडमिण्टन कोर्ट निर्माण भएको छ । स्वस्थ जीवन सबैका लागी खेल भन्ने उदेश्यका साथ आज आईतवार कार्टको उद्घाटन भएको हो । 

ब्याडमिण्टन कोर्टमा ब्याडमिण्टन खेलेरै  उद्घाटन गरिएको सो कार्यक्रममा बोल्ने क्रममा वडा नम्वर १० का अध्यक्ष केशर आलेले खेल तथा ब्यायाम बच्चादेखी बृद्ध सबैका लागी अत्यावश्यक रहेकाले युवा अवस्था पार गरिसकेकाका लागी निर्मित बास्केटबल कोर्ट हितकारी हुने बताउनुभयो । 

उद्घाटनमा जिल्ला समन्वय समितिका सदस्य खिमा सारुको समेत उपस्थिति रहेको थियो । 

कुल ८० हजार ४ सय रुपैंयाको लागतमा बनेको उक्त ब्याडमिण्टन कोर्ट स्थानीय भेन्ट्रास तथा पुर्ब–खेलाडीहरुले बिभिन्न प्रतियोगितामा सहभागी भएर जितेका नगद पुरस्कार तथा संकलित सहयोग रकमबाट काम सम्पन्न गरेको जनाईएको छ । 

अहिले काम सम्पन्न गरिसकेपनि केही रकम अपुग रहेकोले क्लबकै आन्तरीक स्रोतबाट पुर्ति गरिने शान्तीदीप युवा क्लवका अध्यक्ष अमर घर्तीमगरले बताउनुभयो । 

ब्याडमिण्टन कोर्ट पृथ्वीनगरको लोकाहास्थित लोकाहा खेल मैदानमा बनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *