खगेन्द्र पराजुली,
२४ कार्तिक, नवलपुर ।
देवचुली नगरपालिकाको वडा नम्वर १४ ले ३ महिने महिला लक्षित ३ महिने सिलाई–कटाई तालिम शुरु गरेको छ । आज आईतवार दलदलेमा तालिमको उद्घाटन गरेको हो ।
तालिमको उद्घाटन गर्दै वडा नम्वर १४ का अध्यक्ष हेमराज दवाडीले चालु आर्थिक बर्षको महिला लक्षित सीपमुलक तालिम अन्तर्गतको ३ लाख रुपैंया वजेट शिर्षकबाट तालिम सञ्चालन गरिएको बताउनुभयो ।
वहाँले तालिम पश्चात सहभागीहरुमा स्वरोजगार सहित आत्मनिर्भरतामा सिर्जना गरी महिलाहरुको आयस्तरमा बृद्धि हुनेमा बिश्वास ब्यक्त गर्नुभएको छ ।
३ महिनासम्म सञ्चालित तालिमबाट प्रशिक्षर्थी सहभागीले लेडिज तथा बच्चाका पोशाकहरु तयार गर्न सक्ने गरी सिकाईने तालिमकी प्रशिक्षक सबिता हितंगाले बताउनुभयो ।
तालिम पश्चात् सिटीईभिटीको परीक्षा शाखाले सहभागीको मुल्यांकन गरी परीक्षामा पास हुने प्रशिक्षार्थीलाई प्रमाण–पत्र प्रदान गर्ने हुँदा सबैले राम्रोसँग कक्षामा सहभागी भैदिन देबचुली १४ मा रहेको रिलायन्स टेक्निकल सोलुसन प्रा.लि. का प्रबन्ध निर्देशक भरत देबकोटाले आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नम्वर १४ की वडासदस्य चन्द्रा लम्सालले गर्नुभएको थियो भने सञ्चालन मेलमिलाप समितिकी सदस्य पार्वती अर्यालले गर्नुभएको थियो ।
तालिममा २० जना सहभागी रहेका छन् ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment