खगेन्द्र पराजुली,
२४ कार्तिक, नवलपुर ।
प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको दोस्रो दिनको आज आईतवारको खेलमा भैरव स्पोर्टस क्लव गोपीगञ्जले बिश्वस्मृती युवा क्लव पिठौलीलाई हराउँदै जित निकालेको छ ।
जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको प्रतिस्पर्धामा भैरव स्पार्टसले बिश्व स्मृतिलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४० औ मिनेटमा गोपीगञ्जका जर्सी नम्वर १७ का अनिष गुरुङले पहिलो गोल गरेका थिए भने ६० औं मिनेटमा जर्सी नम्वर १२ का रामबहादुर थापाले आफ्नो समुहको तर्फबाट एक गोल गर्दै २–० गोल अन्तरले जित निकालेका छन् ।
आजको खेलको म्यान अफ दि म्याच गोपीगञ्जका तर्फबाट दोस्रो गोल निकाल्न सफल रामबहादुर थापा भएका छन् ।
प्रतियोगितामा नवलपुर र चितवनका गरी १६ समुहको सहभागिता रहेको खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।
भोलीको खेल कावासोती १७ को फुटबल समुह र आयेजक प्रगतिकला मन्दिर युवा क्लवबीच हुने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment