Monday, November 11, 2019


खगेन्द्र पराजुली, 
२५ कार्तिक, नवलपुर । 

दोस्रो नमूना गोल्डकप प्रतियोगिता २०७६ को आज तेस्रो दिनको प्रतिस्पर्धामा आयोजक रातो समुहले जीत निकालेको छ । 

प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको तेस्रो दिनको खेलमा कावासोती १७ को फुटबल समुहलाई प्रगति मन्दिर युवा क्लव रातो समुहले  ४–१ गोल अन्तरले पराजित गरेको हो । 

खेल शुरु भएको १७ औ मिनेटमा आयोजक क्लवका  जर्सी नम्वर ११ का गोविन थापाले पहिलो गोल गरेका थिए भने लगत्तै १९ औं मिनेटमा जर्सी नम्वर १५ का अरुण सारुले अर्को एक गोल गर्दै आयोजकको खातामा २ गोल जम्मा गरेका थिए । 

१९ मिनेटभित्रै २ गोलको दवावमा परेको कावासोती १७ का जर्सी नम्वर ११ का खेलाडी सुमन नेपालले २६ औं मिनेटमा आयोजक बिरुद्ध १ गोल गरेका थिए । 

पहिलो हाफसम्ममा २–१ को अन्तर रहेको खेलमा हाफ पछि पनि आयोजकले अरु २ गोल थप्न सफल भएको छ । 

दोस्रो हाफको १५ औ मिनेटमा जर्सी नम्वर ९ लगाएर खेलेका टीम क्याप्टेन सुमन आलेले एक गोल र २९ औ मिनेटमा १४ नम्वर जर्सीका सञ्जु सेनले एक गोल गर्दै समुहका पोल्टामा ४ गोलको योगफल बनाएका थिए ।   
आजको खेलको म्यान अफ दि म्याच आयोजक रातो समुहका जर्सी नम्वर १२ का एट्याकिङ मिड फिल्डर सबिन श्रेष्ठ भएका छन् । 

भोलीको खेल शान्तीदीप युवा क्लव पृथ्वीनगर  र सेन्टर कलेज फुटबल क्लव भरतपुरबीच हुने जनाईएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *