Monday, November 11, 2019


 कात्तिक २५,  कावासोती । 

कावासोती नगरपालिका न्यायिक समिति र मेलमिलापकर्ता बिचअन्तरक्रिया  कार्यक्रम आज कावासोतीमा भएको छ । न्यायिक समिति र मेलमिलापकर्ता मार्फत भएका कार्यहरुलाई अझै कसरी उत्कृष्ट बताउदै जाने  र भएका कमिकमजोरीहरुलाई हटाउदै राम्रा अभ्यासहरुलाई निरन्तरता दिनका लागि अन्तरक्रिया  कार्यक्रम गरिएको न्यायिक समिति सदस्य आनन्द श्रेष्ठले बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायिक समितिका संयोजक एवं कावासोती नगरपालिका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुले न्यायिक समिति र मेलमिलापकर्ता बिच नङ र मासुको जस्तै अन्तरसम्बन्ध रहेको बताउनुभयो । 
अन्तरक्रिया कार्यक्रममा कावासोती नगरपालिकामा सुचिकृत मेलमिलापकर्ताको सहभागिता रहेको थियो । कावासोती नगरपालिकामा ९६ जना मेलिमिलापकर्ता सुचिकृत रहेका छन् । 

यसैबिच आज नै कावासोती नगरपालिकाबाट ६ जना मेलमिलापकर्ता जिल्ला प्रतिनिधि छनौट गरिएको छ । प्रतिनिधिमा चेत बहादुर अधिकारी, लिला भण्डारी सिता पंगेनी, लक्ष्मि सुनार ,बिमला चौधरी, र हुपनारायण न्यौपाने चयन हुनुभएको न्यायिक समिति सदस्य आनन्द श्रेष्ठले बताउनुभयो । 

कार्यक्रम कावासोती नगरपालिका मेलमिलाप समाजका अध्यक्ष खेम प्रसाद काफ्लेको अध्यक्षता एवं न्यायिक समिति संयोजक तथा उप प्रमुख प्रेमशंकर मर्दनिया थारुको प्रमुख आतित्थ्यतामा भएको थियो । 

कार्यक्रममा मेलमिलापकर्ता समाज नवलपुरका अध्यक्ष ज्ञान प्रसाद डुम्रे, न्यायिक समिति सदस्य आनन्द श्रेष्ठ ,मिरा श्रेष्ठ लगाएको उपस्थिति रहेको थियो ।  

समाचार स्रोतः रेडियो कावासोती 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *