खगेन्द्र पराजुली
२७ कार्तिक, नवलपुर ।
प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको पाचौं दिनको आज बुधबारको खेलमा कावासोती २८ बिगाहाको केरुङ्गे युवा क्लवले जीत निकालेको छ ।
जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको प्रतिस्पर्धामा केरुङ्गे युवा क्लव र रामपुरको रोड्स फुटबल क्लवबीच भएको प्रतिस्पर्धामा ३ का बिरुद्ध ० गोल अन्तरले २८ बिगाहाको समुहले जीत निकालेको हो ।
खेलको पहिलो हाफ अगाडी कावासोतीका शिव गुरुङले पहिलो गोल गरेका थिए भने हाफ पछाडीको खेलमा कावासोतीकै निशान न्यौपाने र मानबहादुर पाटा मगरले ब्यक्तिगत १–१ गोल गर्दै क्लवलाई ३–० गोल अन्तरले अग्रता दिलाएका हुन् ।
आजको खेलको म्यान अफ दि म्याच केरुङ्गे युवा क्लव २८ बिगाहाका तर्फबाट पहिलो गोल गर्न सफल शिव गुरुङ भएका छन् ।
भोलीको खेल आयोजक प्रगति कला मन्दिर युवा क्लवको निलो समुह र भेडावारी युवा क्लव भेडावारीबीच हुने जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment