२८ कार्तिक, पोखरा ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आईपुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिवसीय भ्रमण अन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद आज पोखरा आनुभएको हो ।
राष्ट्रपति हमिद आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा पोखरा विमानस्थलमा ओर्लनुभएको हो ।
सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा उहाँको स्वागत गर्नुभयो ।
राष्ट्रपति हमिदलाई पञ्चकन्याले फूल अर्पण गर्नुका साथै पञ्चेबाजाको धुनबाट भव्य स्वागत भएकोे छ ।
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवातालमा मोटरबोट चढेर जलविहार गरिसक्नभएको । जलबिहारपछि उहाँ फेवातालकिनारास्थित फिस्टेल लजमा पुग्नुभएको हो । हो । उहाँ त्यहाँ केही समय आराम गरेर नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ .। उहाँ आजै काठमाडौं फर्कने तालिका रहेको छ .
राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment