खगेन्द्र पराजुली
२८ कार्तिक, नवलपुर ।
प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको छैठौं दिनको आज बिहीबारको खेलमा भेडावारी युवा क्लव भेडाबारीले जीत निकालेको छ ।
जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको भेडावारी युवा क्लव र आयोजक प्रगति कला मन्दिर युवा क्लव निलो समुहबीचको प्रतिस्पर्धामा १ का बिरुद्ध ० गोल अन्तरले भेडावारीको समुहले जीत निकालेको हो ।
खेलको दोस्रो हाफको अन्तिम मिनेटमा भेडावारीका जर्सी नम्वर १५ का खेलाडी महेश तामाङले गरेको गोल नै निर्णयक गोल भएको थियो ।
जम्मा १ घण्टा खेलाईएको खेलमा हाफ अगाडी ३० मिनेट र हाफ पछाडी ३० मिनेटको खेल खेलाईएको थियो ।
महेशले दोसंो हाफको ३० औं मिनेटमा गरेको गोल नै जीतको गोल बनेको हो ।
आजको खेलको म्यान अफ दि म्याच भेडावारी युवा क्लवका निर्णयक गोलकर्ता महेश तामाङ भएका छन् ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment