खगेन्द्र पराजुली
२९ कार्तिक, नवलपुर ।
प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको सातौं दिनको आज शुक्रबारको खेलमा एसकेएस फुटबल क्लव, प्रगतिनगरले जीत निकालेको छ ।
जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको एसकेएस फुटबल क्लव, प्रगतिनगर र लोगोस क्लव जुगेपानीबीचको प्रतिस्पर्धामा २ का बिरुद्ध ० गोल अन्तरले प्रगतिनगरको समुहले जीत निकालेको हो ।
खेल शुरु भएको पाचौ मिनेट र १० मिनेटममा प्रगतिनगरका जर्सी नम्वर १३ का खेलाडी कौशल गुरुङले २ गोल गरेका थिए ।
जम्मा ५० मिनेट खेलाईएको खेलमा हाफ अगाडी २५ मिनेट र हाफ पछाडी २५ मिनेट खेल खेलाईएको थियो ।
आजको खेलको म्यान अफ दि म्याच प्रतिस्पर्धामा २ गोल गर्न सफल एस के एस फुटबल क्लब प्रगतिनगरका कौशल गुरुङ भएका छन् ।
भोली २ वटा खेल हुने आयोजकले जनाएको छ ।
भोलीको पहिलो खेल प्रतियोगिताको दोस्रो चरणको खेल अन्तर्गत प्रगतिकला मन्दिर रातो र युनाईटेड युवा क्लबबीच र दोस्रो खेल पहिलो चरणको अन्तिम खेल अन्तर्गत हर्दी समाज युवा क्लब भण्डारा र युनाईटेड क्लब अरुणखोलाकीच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment