खगेन्द्र पराजुली
३० कार्तिक, नवलपुर ।
गत कार्तिक २४ गते हेटौडा बिरगंज सडकखण्ड अन्तर्गत पथलैया जंगल नजिक आधाभार क्षेत्रमा सडक दुर्घटनामा परी दिवंगत हुनुभएका उदयराज सापकोटा र वहाँकी धर्मपत्नी दुर्गा सापकोटाको स्मृतिमा शोक सभा भएको छ । देबचुली १४ निवासी स्वर्गीय पति पत्नी सापकोटाको निवासमा नेकपा वडा कमिटि १४ देबचुलीको आयोजनामा आज शनिवार सातौं पुण्य दिनमा शोक सभा भएको हो ।
शोक सभामा प्रमुख अतिथिका रुपमा रहनुभएका नेकपा केन्द्रिय कमिटि सदस्य एवं नवलपुर ईन्चार्ज संघीय साँसद तिलक महतले यो दुखद् घटनाबाट सिंगो नेपाल कम्युनिष्ट पार्टी नेकपालाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
स्व. उदयराज सापकोटा पञ्चायतकालीन अवस्थामा अनेरास्वबियुको जिल्ला कमिटि सदस्य हुदै बित्तिय कर्मचारी संगठनको केन्द्रिय सदस्य तथा नेकपाको पार्टी सदस्य हुनुहुन्थ्यो ।
राजनैतिक क्षेत्रबाहेक अन्य सामाजिक संघसंस्थामा क्रियाशील वहाँ हाल नारायणी यातायात ब्यवसायी संघको लेखा समितिको सदस्य हुनुहुन्थ्यो ।
वहाँ नेपाल बैंक लिमिटेडबाट २०७४ फागुनमा निबृत्त हुनुभएको थियो । हाल वहाँको परिवार अस्थायी रुपमा हेटौडामा बस्दै आउनुभएको थियो ।
सापकोटा दम्पती घरायसी कामले मोटरसाईकलमा बिरगंज जादै गर्दा आधाभारमा बसको ठक्करवाट घाईते भई उपचारका लागी लैजादै गर्दा बाटोमै दिबंगत हुनुभएको हो भने वहाँकी पत्नी दुर्गालार्य गम्भीर अवस्थामा बिरगंजको बयोधा अस्पतालमा उपचारपछि थप उपचारका लागी काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा पुर्याए पनि उपचार सफल हुन नसकेको हो ।
वहाँहरुका २ छोरा र १ छोरी हुनुहुन्छ ।
शोक सभामा नेकपा नवलपुर अध्यक्ष रोशन गाहा, सचिव मित्रशरण शर्मा बिहानी, संबिधानसभा सदस्य कृष्ण पौडेल, जीवन श्रेष्ठ लगायत प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटि सदस्यहरु, स्थानीय कमिटिका पदाधिकारी, शुभेच्छुक शुभचिन्तकहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैबीच, आजै पर्यटन, नागरीक उड्डयन तथा संस्कृति मन्त्री योगेस भटराईले दिवगंत दम्पतीप्रति वहाँकै निवासमा पुगेर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
यसैबीच, आजै पर्यटन, नागरीक उड्डयन तथा संस्कृति मन्त्री योगेस भटराईले दिवगंत दम्पतीप्रति वहाँकै निवासमा पुगेर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment