Saturday, November 16, 2019


खगेन्द्र पराजुली, 
३० कार्तिक, नवलपुर । 

महाराजा सामुदायिक वन उपभोक्ता समूह प्रगतिनगरको बन हस्तान्तरण पछिको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिवार बन समूहको कार्यालय परिसरमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता महासंघ नवलपुरका जिल्ला अध्यक्ष ठाकुरप्रसाद पाण्डे रहनुभएको थियो भने अध्यक्षता महाराजा सामुदायिक बन समूहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा भएको हो । 

साधारण सभा उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रहनुभएका फेकोफन जिल्ला अध्यक्ष पाण्डेले सडक छेउमा परेका रुखहरु सडक बिस्तारका नाउँमा संघीय सरकारले लैजानुहुदैन भन्ने मान्यता फेकोफनले राख्दै आएको बताउनुभयो  ।

वहाँले पुस्तौदेखि स्थानीयले नै संरक्षण गर्दै आएका बनपैदावर स्थानीयले नै उपभोग गर्न पाउनुपर्ने धारणा राख्नुभएको छ ।

फेकोफन नवलपुर अध्यक्ष पाण्डेले सामुदायिक बनलाई सरकारले लगाउन खोजेको कर अबैज्ञानिक रहेको दावी गर्नुभएको छ । वहाँले सामुदायिक बन  कुनै नाफामुलक संस्था नभई शुद्ध संरक्षणमा लाग्ने र सेवामुलक संस्था भएकोले यसले कुनै लाभांष तथा बोनस समेत प्रदान नगर्ने भएकाले पनि सामुदायिक बन सेवामुलक संस्था भएको जिकिर गर्नुभयो । 

बैज्ञानिक बन ब्यवस्थापनका सन्दर्भमा बोल्दै वहाँले पर्यावरण तथा बातावरणमा प्रतिकुलता ल्याउने हो कि भन्ने चिन्ता ब्यक्त गर्नुभयो । 



वहाँले अहिल बस्तीक्षेत्रमा हिस्रक जंगली जनावरको प्रबेशमा बृद्धि यसकै असरको रुपमा रहेको बताउनुभयो । परिणामतः जंगल क्षेत्रमा पाईने जनावर पंक्षी तथा जीवहरुको संख्यामा ह्रास आएको समेत जिकिर गर्नुभयो ।
      
कार्यक्रममा बार्षिक प्रतिवेदन समुहकी सचिव गोमादेबी घिमिरे दवाडीले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष रोशन राउतले आर्थिक प्रतिवेदन सुनाउनुभएको थियो । आन्तरीक लेखा समितिका संयोजक मोतिलाल अधिकारीले बार्षिक लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा सेवाक्षेत्रभित्रका ज्येष्ठ नागरीक तथा समुहको घुम्ती कोषको लगानीबाट आयआर्जनमा संलग्न बिपन्न परिवारको उपभोक्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव गोमादेबी घिमिरे दवाडीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष डालचन्द्र अधिकारीको रहेको थियो ।  





0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *