Saturday, November 16, 2019



राजु चापागाई
देवचुली, ३० कार्तिक 

देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्पकप २०७६ मा आज  भएको दुई खेलमा  प्रगतिकला मन्दिर रातो र हर्दी समाज युवा क्लब भण्डारा  विजयी  भएका  छन  । 

प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा दोस्रो चरणको पहिलो खेल अन्तर्गत प्रगतिकला मन्दिर रातो विरुद्ध युनाइटेड युवा क्लब गिरबारीबिच भएको खेलमा प्रगतिकला मन्दिर रातो २–० ले विजय भएको हो भने दोस्रो खेल पहिलो चरण अन्तर्गत अन्तिम खेल हर्दी समाज युवा क्लब भण्डारा विरुद्ध  युनाईटेड क्लब अरुणखोलाबिच भएको खेलमा हर्दी समाज युवा क्लब भण्डारा ४ – १ गोलले  विजयी भएको हो । 

पहिलो  खेलमा प्रगतिकला मन्दिर रातोको तर्फबाट सन्जु सेनले २ गोल गरेका थिए । त्यस्तै  दोस्रो खेलमा हर्दी समाज युवा क्लब भण्डाराको तर्फबाट शशी थापा मगर २ गोल  , अनिश चौधरी र सन्दिप अर्यालले १ – १ गोल गरेका थिए भने युनाईटेड क्लब अरुणखोलाको तर्फबाट मान मगरले गोल गरेका थिए  । 

आजको पहिलो खेलमा प्रगतिकला मन्दिर रातोका  सन्जु सेन र दोस्रो खेलमा हर्दी समाज युवा क्लब भण्डाराका  शशी थापा मगर   म्यान अफ दि म्याच घोषित भएका छन् ।

प्रतियोगितामा भोलि भैरव देशभक्त युवा क्लब र सेन्टर फुटबल  क्लब भरतपुरबिच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताएका छन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *