राजु चापागाई
देवचुली, १ मंसिर
देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्डकप २०७६ मा आज सेन्टर कलेज भरतपुर विजयी भएको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा देशभक्त युवा क्लब गोपिगंज र सेन्ट्रल कलेज भरतपुरबिच भएको खेलमा सेन्ट्रल कलेज भरतपुरले १–० गोल अन्तरले विजयी भएको हो ।
जितसंगै सेन्ट्रल कलेज भरतपुर सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा सेन्टर कलेज भरतपुरको तर्फबाट रोशन रानाले गोल गरेका थिए ।
आजको खेलमा सेन्ट्रल कलेज भरतपुरका रोशन राना म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गतको भोलीको खेल ए के एस फुटबल क्लब प्रगतिनगर र केरुङ क्लब २८ बिगाहाबीच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment