Monday, November 18, 2019



खगेन्द्र पराजुली, 
२ मंसीर, नवलपुर 

प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको आज सोमवारको खेलमा एसकेएस फुटबल क्लव, प्रगतिनगरले जीत निकालेको छ । 

जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको एसकेएस फुटबल क्लव, प्रगतिनगर र केरुङ्गे युवा क्लव २८ बिगाहाबीचको प्रतिस्पर्धामा २ का बिरुद्ध ० गोल अन्तरले प्रगतिनगरको समुहले जीत निकालेको हो ।

जितसँगै एसकेएस सेमिफाईनल चरणमा प्रबेश गरेको छ । 

खेल शुरु भएको ११ औं मिनेटमा जर्सी नम्वर १४ का बिक्की राईले  र २३ औ मिनेटमा जर्सी नम्वर १३ का खेलाडी कंशल गुरुङले १–१ गोल गरेका थिए  । 

पहिलो चरणको खेलमा शुक्रवार कंशल गुरुङ एक्लैले लोगोस क्लव जुगेपानी बिरुद्ध २ गोल गरेका थिए । 

जम्मा ६० मिनेट खेलाईएको खेलमा हाफ अगाडी ३० मिनेट र हाफ पछाडी ३० मिनेट खेल खेलाईएको थियो । 

आजको खेलको म्यान अफ दि म्याच प्रतिस्पर्धामा पहिलो  गोल गरेका एस के एस फुटबल क्लब प्रगतिनगरका बिक्की राई भएका छन् । 

भोलीको खेल हर्दी युवा समाज र भेडावारी युवा क्लवबीच हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताएका छन् ।

त्यस्तै, ४ गते हुने सेमिफाईनलमा आजको बिजेता एसकेएस फुटवल क्लव प्रगतिनगर र आयोजक प्रगति कला मन्दिर युवा क्लव रातो समुहबीच प्रतिस्पर्धा हुनेछ भने ५ गतेको सेमिफाईनलमा भोलीको बिजेता र बिएफसी भरतपुर भिड्नुपर्ने आयोजकको टाई सिटमा उल्लेख गरिएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *