खगेन्द्र पराजुली
३ मंसीर, नवलपुर ।
भारतीय हस्तक्षेपका बिरुद्ध राष्ट्रिय जनमोर्चा नेपाल नवलपुर जिल्ला कमिटिले जिल्ला प्रशासन कार्यालय नवलपुरमा ज्ञापन पत्र टक्राउने भएको छ ।
भोली बुधवार मध्यान्ह साढे १२ बजे सदरमुकाम कावासोतीस्थित सभापति चोकको पुष्पलाल चोकबाट र्याली सहित प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरका जिल्ला अध्यक्ष दीपक पाण्डेले बताउनुभयो ।
वहाँले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालका भु–भाग लिपुलेक, लिपीयाधुरा र कालापानीलाई भारतको जमिन भएको देखिने गरी समेटेको बिरोधमा सरकारको गम्भीर ध्यानाकर्षण होस् भन्ने हेतुले राष्ट्रियताका सवालमा कार्यक्रम गर्न खोजिएको जानकारी दिनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment