Tuesday, November 19, 2019



खगेन्द्र पराजुली
३ मंसीर, नवलपुर । 

नवलपुरको देबचुली नगरपालिकामा आज १५ जना स्थायी शिक्षकहरुको पदस्थापना गरिएको छ ।

शिक्षक सेवाबाट स्थायी नियुक्ती लिएका १५ जना शिक्षकहरुलाई नगरपालिकाका आधारभूत बिद्यालयमा पदस्थापना गर्ने गरी स्थायी नियुक्ति पत्र प्रदान गरिएको हो ।

जिल्ला शिक्षा समन्वय इकाई नवलपुरले नियुक्त गरेका तृतीय श्रेणीको आधारभूत तहका शिक्षकहरुलाई देवचुली नगरपालिका अन्तरगतका विभिन्न विद्यालयमा पदस्थापना हुने गरी जिम्मेवारी दिईएको देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । 

वहाँले स्थायी नियुक्ति लिन उपस्थित शिक्षकलाई बधाई दिदै शिक्षा मार्फत बालवालिकाको चौतर्फी बिकास र मानबीय बिकासमा बृद्धि गर्न सक्ने गरी शिक्षण पेशालाई जिम्मेवारीपुर्बक अंगाल्न आग्रह गर्नुभयो । 

प्रमुख प्रशासकीय अधिकृत भुसालले देबचुली नगरपालिका समग्र गण्डकी प्रदेशमै गत बर्षको एसईई परीक्षामा उत्कृष्ट नजिता हासिल गर्न सफल नगरपालिकाको रुपमा रहेकाले पनि अव त्यो नतिजालाई कायम राख्दै नैतिकवान् र चरित्रवान् जनशक्ति तयार गर्ने खालको शिक्षा प्रदान गर्न आह्वान गर्नुभयो ।  

हाललाई आधारभूत तहका लागी आवश्यक जनशक्ति परिपुर्ति गरिएको बताउँदै वहाँले ३ जना पुरुष र १२ जना महिला शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल र नगर शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *