खगेन्द्र पराजुली
३ मंसीर, नवलपुर ।
प्रगति कला मन्दिर देबचुली कैलाशचोकको आयोजनामा जारी दोस्रो संस्करणको नमूना गोल्ड कप प्रतियोगिताको आज मंगलवारको खेलमा हर्दी युवा समाज भण्डाराले जीत निकालेको छ ।
जन ज्योति नमूना माबिको खेल मैदानमा आज भएको हर्दी युवा समाज र भेडावारी युवा क्लवबीचको प्रतिस्पर्धामा २ का बिरुद्ध १ गोल अन्तरले भण्डाराको समुहले जीत निकालेको हो ।
जितसँगै भण्डाराको समुह सेमिफाईनल चरणमा प्रबेश गरेको छ ।
जम्मा ६० मिनेट खेलाईएको खेलमा हाफ अगाडीको ३० मिनेटसम्म निकै प्रतिस्पर्धात्मक रहेको खेलमा हाफ पछाडिको ८ मिनेट र १५ मिनेटमा हर्दी युवा समाजका जर्सी नम्वर १९ का दीपक चौधरीले र जर्सी नम्वर १७का अभिषेक खड्काले क्रमशः १–१ गोल गरेका थिए ।
२ गोलको दवावमा परेको भेडावारी युवा क्लवका जर्सी नम्वर ९ का सुरेश श्रेष्ठले १९ औं मिनेटमा सान्त्वना गोल गरेका हुन् ।
आजको खेलको म्यान अफ दि म्याच भेडावारीका मिड फिल्डर आकाश थापा भएका छन् ।
आजको खेलसँगै दोस्रो चरणको खेल सकिएकोले भोलीदेखि सेमिफाईनल चरण शुरु हुने आयोजकले जनाएको छ ।
भोलीको खेल आजको एसकेएस फुटवल क्लव प्रगतिनगर र आयोजक प्रगति कला मन्दिर युवा क्लव रातो समुहबीच प्रतिस्पर्धा हुनेछ भने ५ गतेको सेमिफाईनलमा आजको बिजेता हर्दी युवा समाज भण्डारा र बिएफसी भरतपुर भिड्नुपर्ने आयोजकको टाई सिटमा उल्लेख गरिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment