Thursday, November 21, 2019


खगेन्द्र पराजुली
५ मंसीर, नवलपुर । 

देबचुली नगरपालिका स्थित रजहरमा रहेको देबचुली माबिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा सुर्यप्रसाद न्यौपाने सर्बसम्मत रुपमा चयन हुनुभएको छ । 

आज बिद्यालयमा भएको अभिभावक भेलाले न्यौपानेलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । 

न्यौपाने बिद्यालयको अध्यक्षमा चयन भएसँगै बिद्यालयको शैक्षिक, भौतिक क्षेत्रमा परिवर्तन आउनेमा स्थानीय सहित बिशेष गरेर युवाहरुको जमात आशाबादी रहेको छ । 

नवगठित बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले आफु बिद्यालयको शैक्षिक एवं भौतिक उन्नयनका निम्ति शैक्षिक सरोकारवालाका साथसाथै शैक्षिक बिज्ञ, युवावर्ग, शिक्षक, अभिभावक र बिद्यार्थीहरुका राम्रा भावनालाई कदर गर्दै सल्लाह र सुझाव सहित हातेमालो गर्दै लाग्ने प्रतिवद्धता जनाउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *