राजु चापागाई
देवचुली, ५ मंसिर
देवचुली नगरपालिकामा संचालित दोस्रो नमुना गोल्डकप २०७६ मा आज सेन्ट्रल कलेज भरतपुर विजयी हुँदै फाईनल प्रवेश गरेको छ । प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना मा वि को खेलमैदानमा संचालित प्रतियोगितामा हर्दी समाज युवा क्लब भण्डाराका विरुद्ध सेन्ट्रल कलेज भरतपुरबिच भएको खेलमा निर्धा्रित समयमा दुवै टिमबाट बराबरी १(१ गोल हुदै ट्राईबेकरमार्फत सेन्ट्रल कलेज भरतपुर ३ ( १ गोल अन्तरले विजयी भएको हो ।
जितसंगै उपाधिका लागि सेन्ट्रल कलेज भरतपुरले प्रगतिकला मन्दिर युवा क्लबसंग फाईनलमा प्रतिस्पर्धा गर्नेछ । आजको निर्धा्रित समयको खेलमा सेन्ट्रल कलेज भरतपुरको तर्फबाट रोशन रानाले गोल गरेका थिए भने हर्दी समाज युवा क्लब भण्डाराको तर्फबाट दिपक चौधरीले गोल गरेका थिए ।
आजको खेलमा सेन्ट्रल कलेज भरतपुरका गोलरक्षक सरोज तामाङ म्यान अफ दि म्याच घोषित भएका छ्न ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १,११,१११र( ट्रफी , प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ६१,१११र( प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाईनल खेल प्रगतिकला मन्दिर युवा क्लब र सेन्ट्रल कलेज भरतपुरबीच शनिबार हुने खेल संयोजक प्रकाश श्रेष्ठले बताएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment