Saturday, November 23, 2019


खगेन्द्र पराजुली 
७ मंसीर, नवलपुर । 

क्षेत्री समाज नेपाल कावासोती ११ ले किशोरी शसक्तिकरणमा योगदान पुर्याएको भन्दै आशा बि.कलाई सम्मान गरेको छ । 

आज एक कार्यक्रमको आयोजना गरी आशालाई सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीले नवलपुरको कावासोतीकी एउटी किशोरीले किशोरी शसक्तिकरण र बालिकाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै अन्तराष्ट्रिय स्तरको सम्मानले सम्मानित भएर आउँदा यो ठाउँको नाम पनि उचो रहन पुगेको बताउनुभयो । 

अध्यक्ष केसीले आशा बिक बालिका तथा किशोरी शसक्तिकरणको अभियान्ता मात्र नभएर नवलपुरको उदीयमान खेलाडीको परिचय स्थापित भएकीले आफूले गौरब महशुस गरेको बताउनुभयो । 

क्षेत्री समाजले गरेको सम्मानपछि आशाले बाहिर बाहिरका सम्मानले आफुलाई अझ आफ्ना कामप्रति हौसला प्रदान गरेको भएपनि आफु जन्मे, हुर्के बढेको ठाउँमा सम्मानित हुन पाउँदा आफ्ना अग्रज र अभिभावकको न्यानो माया पाएको अनुभुति भएकोले अझ जिम्मेवारबोध भएको प्रतिक्रिया दिएकी थिईन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *