Friday, December 6, 2019


खगेन्द्र पराजुली
२० मंसीर, नवलपुर । 

गत मंगलवार देबचुली २ स्थित शाश्वत धाम अगाडी भएको आगलागीको घटनाबाट पूर्ण रुपमा ध्वस्त भएका किराना पसल र मोटरसाइकल वर्कशप सञ्चालकले राहत पाएका छन् । 

देबचुली उद्योग बाणिज्य संघले आगोलागीको घटना भएकै स्थलमा पुगेर तत्कालका लागी सहयोग रुवस्प ७४ हजार रुपैंया राहत रकम चेक मार्फत् पिडितलाई हस्तान्तरण गरेको छ । 

आज राहत प्रदान कार्यक्रमको आयोजना गरी देबचुली उद्योग बाणिज्य  संघका अध्यक्ष रेशमलाल सापकोटा, बरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसाल, उद्योग उपाध्यक्ष तिलप्रसाद पाठक, सिजी उद्योगका महाप्रबन्धक खड्कप्रसाद पौडेल, देबचुली नगरपालिका वडा नम्वर २ का अध्यक्ष माधब के.सी. लगायत स्थानीय तथा पत्रकारको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण भएको छ । 

राहत हस्तान्तरणका क्रममा बोल्दै संघका अध्यक्ष रेशमलाल सापकोटाले बिपत्का बेला परेको दुखमा उद्योग बाणिज्य संघले तत्काल आपतकालिन बैठक बसी बैठकको निर्णय अनुसार राहत उपलब्ध गाएको बताउनुभयो । वहाँले  आपतमा परेका बखत गरिने सहयोग नै मानबीय धर्म भएकाले अन्नपात तथा लत्ताकपडा समेत नरहने गरी भएको बिपत्तिमा सबै क्षेत्रका ब्यक्तित्वहरुको सानो सानो सहयोगले पिडित परिवारलाई राहत हुने बताउनुभयो । 

वडाध्यक्ष माधव केसीले आफ्नो वडाभित्र परेको यो घटनाप्रति वडाले धेरथोर जे जति हुन्छ सघाउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । 

उद्योग बाणिज्य संघ देबचुलीले किराना पसल सञ्चालक तुलसी चौधरीलाई ५९ हजार रुपैंया र वर्कशप सञ्चालक तुलसी जैसीलाई १५ हजार रुपैया सहयोग गरेको हो । 

किराना पसल सञ्चालक तुलसी चौधरीको फर्म उद्योग बाणिज्य संघ देबचुलीमा दर्ता भएको तर वर्कशप दर्ता नभएकाले संगै क्षति भएका भए पनि मानवीय मर्म अनुसार दुबै जनालाई सहयोग गरिएको वताईएको छ । 

त्यस्तै, आजै सोही वजार क्षेत्रका स्थानीय टोलबासीको सक्रियतामा संकलित ८० हजार रुपैंया पिडितलाई प्रदान गरिएको छ । तुलसी चौधरीलाई ३० हजार रुपैया र तुलसी जैसीलाई ५० हजार प्रदान गरिएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *