Sunday, December 8, 2019


खगेन्द्र पराजुली, 
२२ मंसीर, नवलपुर । 

गत अशोज ६ गते कावासोतीको खरकट्टा जंगल अन्तर्गत सडकमा भएको दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये देबचुली १० पृथ्वीनगरका होम बहादुर राना (हिरा) को परिवारले ईन्स्योरेन्सको मृत्युदावी रकम प्राप्त गरेको छ । 
एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती नवलपुरले आज आईतवार स्वर्गीय हिरा रानाको घरमै पुगेर ईन्स्योरेन्सले प्रदान गर्ने बीमा वापतको मृतक दावीको रकम मृतककी श्रीमतीलाई भुक्तानी गरेको हो । 
मृतककी श्रीमती आशिका तामाङ रानालाई देबचुली १० का वडाध्यक्ष केशर आले सहित स्थानीय बुद्धिजीवीहरुको रोहोवरमा एसियन ईन्स्योरेन्स नारायणघाट शाखाका प्रमुख अभिशेष चापागाई, कावासोती शाखाका प्रमुख केशरबहादुर केसी क्षेत्री, अभिकर्ता नवलसिं आले सहितले संयुक्त रुपमा चेक प्रदान गर्नुभएको हो । 
ईन्स्योरेन्स कम्पनीको नियमानुसार बिमितले गरेको ५ लाख रुपैयाको बिमा अन्तर्गतको ५ लाख रुपैंया, दुर्घटना मृत्यु दावी रकम अन्तर्गत बिमा रकम वराबर थप ५ लाख रुपैंया र बोनस बापत प्राप्त हुन आउने रकम २६ हजार ५ सय रुपैंया गरी जम्मा १० लाख २६ हजार ५ सय रुपैंयाको चेक हस्तान्तरण भएको हो । 
हिराले गत बैशाखमा बिमाको पहिलो बर्षको एक किस्ता मात्रै ३४ हजार रुपैंया जम्मा गरेका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *