खगेन्द्र पराजुली
२३ मंसीर, प्रगतिनगर ।
प्रगतिनगर खानेपानी संस्था आफ्नो खानेपानी क्षेत्रलाई सुरक्षित खानेपानी बितरण गर्ने मात्र नभई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा बिकास गर्न जुटेको छ ।
हाल खानेपानीको संस्थाका आन्तरीक स्रोतको ३ लाख रुपैंयालाई उपयोग गर्दै प्रगतिनगर क्षेत्रलाई शुरुमा धारामार्फत पानी प्रवाह गर्न निर्माण गरिएको देबचुली ७ सितावासस्थित मूल मुहान स्रोतको रिजर्भवायर ट्याङ्की परिसरमा पार्क निर्माणमा लागिरहेको हो ।
खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालका अनुसार अहिले फुलवारी पार्कको कामलाई तिब्रता दिईए पनि सो परिसरमा वरिपरिको दृश्यावलोकन गर्न सकिने खालको भ्यू टावर सहित नागको आकर्षक प्रतिमा समेत बनाउने उदेश्य रहेको बताउनुभयो ।
वहाँले करीब १२ लाख रुपैंया लागत लाग्ने अनुमान गर्दै यसले आन्तरीक रुपमा पर्यटक भित्र्याउन र खानेपानीको अवलोकन गर्न आउनेहरुलाई पनि बातावरणले लोभ्याउने अपेक्षा गर्नुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment