खगेन्द्र पराजुली,
२८ मंसीर, नवलपुर ।
सायरा मिडिया एण्ड इभेन्ट्स प्रालिको आयोजनामा कावासोतीमा एक दिवसीय साईवर सेक्युरीटी तालिम सम्पन्न भएको छ ।
ईन्टरनेटका धेरैभन्दा धेरै लिंकहरुको प्रयोग गरिरहनुपर्ने सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई लक्षित गरि सञ्चालन गरिएको यो तालिम साईवरमा हुने अपराधबाट बच्ने वा सुरक्षित हुने बिषयमा अत्यन्त उपयोगी तालिम रहेको सायरा मिडियाका प्रबन्धक रमेश बस्ताकोटीले बताउनुभयो ।
बस्ताकोटीले यो नवलपुरमा पहिलो तालिम भएकाले पत्रकारका लागी हाई प्रोटेक्ट तालिम हुने दावी गर्नुभएको छ ।
तालिममा सहजीकरण प्रमुख प्रशिक्षकका रुपमा प्रोफेसर डा. रामहरी सुबेदीले गर्नुभएको हो । तालिममा नवलपुर जिल्लाका ३० जनाभन्दा बढी सञ्चारक्षेत्रमा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ ।
कार्यक्रम कावासोतीमा रहेको सिद्धार्थ आवासीय माध्यमिक बिद्यालयको सभाहलमा भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा पत्रकार महासंघ शाखा नवलपुरका अध्यक्ष होमराज रानाभाट रहनुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment