खगेन्द्र पराजुली
२८ मंसीर , नवलपुर ।
पुर्व पश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुरको कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा घाईते भएका मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्खेतको पृतनादेखि काठमाण्डौको छाउनीका लागी सेनाको समूह बोकेर गुडेको बस कावासोतीमा दुर्घटना हुदा भएका ३० घाईतेमध्ये सवारी धनी प्रेमबहादुर खत्रीको गम्भीर अवस्थामा भरतपुर स्थित अस्पतालमा आईसीयुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नेपाली सेनामा छनौट भएर थप तालिमका लागि काठमाडौं लैजादै गरेको ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिरको समयमा आफै अनियन्त्रित भई दुर्घटनामा पर्दा गाडीमा सवार ४० जनामध्ये ३० जना घाईते भएका मध्ये २ जना गम्भीर अवस्थामा रहेको नवलपुर प्रहरीले जनाएको थियो ।
घाईतेमध्ये नवलपुरको जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा र कावासोतीको कालीगण्डकी अस्पतालमा भर्ना भएका सहित भरतपुरमा उपचार भएपश्चात् २ जना गरी २९ जना घाईतेले डिस्चार्ज पाएका हुन् भने सवारी धनी प्रेमबहादुर खत्रीको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत राजेन्द्र्प्रसाद अधिकारीले जानकारी दिनुभएको हो ।
वहाँका अनुसार अहिलेसम्म बस चालक फरार रहेकाले बस चालकको खोजी कार्य जारी रहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment