Wednesday, December 18, 2019


२ पौष, देवचुली 

देवचुली नगरपालिका १६ स्थित जनता प्रभात आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजालद्वारा  विभिन्न व्यक्तिहरुको  सहयोगमा  न्यानो कपडा प्रदान गरेका हुन् । 

नर्सरी देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ५ सम्मका ८५ जना विद्यार्थीहरुलाई एक विद्यार्थी एक स्वीटर र टोपी माया उपहार स्वरूप प्रदान गरिएको युवा अभियन्ता दीपक शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले नगरपालिकाको विकट गाउँमा रहेको विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पुर्वाधार विकासका लागि सघाउने बताउनुभयो ।

जाडो बढेसँगै बालबालिकाहरुलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन मद्द्त पुग्ने उनले बताउनुभयो । देवचुली नगरपालिकाको तर्फबाट  सो ठाउँमा   विद्युत लाईन सुचारुको लागि आफू लागि परेको बताउँदै पुस महिनाभित्र उक्त ठाउँमा बिजुली आईपुग्ने उपप्रमुख तिवारीले बताउनुभयो । 


कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल , देवचुली १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्रीले युवाहरुको पहलमा यस्तो कार्य र अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै यस्ता खालको कार्यको निरन्तरताको अपेक्षा संगै शुभकामना भनाई व्यक्त गर्नुभएको थियो । 

युवा अभियन्ता विश्वास लामिछानेले जाडोमा न्यानो कपडाको अभावले विद्यालय आउनै अप्ठ्यारो साथै  पठनपाठनमा प्रभाव परेकोले सामाजिक संजालमा हरेक वर्ष न्यानो अभियान संचालन गर्दै नवलपुरको पहाडी गाउँका बालबालिकाहरुलाई न्यानो कपडा प्रदान  गरिरहेको बताउँदै यस वर्ष पनि अभियान संचालन गरिएको र सो अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । 

विधालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर आलेको  अध्यक्षता भएको सो कार्यक्रमको सहजीकरण , अभियान संयोजक युवा अभियन्ता राजु चापागाईंले गर्नुभएको थियो ।



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *