Thursday, December 19, 2019



खगेन्द्र पराजुली, 
३ पौष, नवलपुर ।

आज एकाबिहानै  देबचुली नगरपालिकाको वडानम्वर ११ धारापानी चोकको चौतारीमा भेटिएको शंकास्पद बस्तु बम नभएर स्याउको पोको भएको पुष्टि भएको छ । 

वडा नम्व ११ को निर्माणाधिन वडा कार्यालय भवन नजिक रहेको धारापानी चोकैको चौतारीमा रहेको वरको रुखमा सुन्तला रंगको सपिङ झोलाभित्र शंकास्पद वस्तु जस्तो पोको पारी ३ मिटर जति माथी खरको डोरीले बाधिएको अवस्थामा उक्त बस्तु झुण्डिएको थियो । 

बिहानैदेखि दलदलेस्थित अस्थायी प्रहरी चौकीका प्रहरी तथा औधोगिक सुरक्षा बल बेस क्याम्प दलदलेका सुरक्षाकर्मीले सो स्थानमा सुरक्षाका लागीस्थल नियन्त्रणमा लिएका थिए । ११ बजेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी मोहनप्रसाद पोखरेल सहितको टोली नियन्त्रित स्थलमा पुगेका थिए । 

मध्यान्ह १२ बजेतिर घटनास्थल पुगेको अरुणखोलास्थित झ्याल्टुङडाँडाबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरी डिस्पोज भएको बस्तुलाई त्यहाँबाट उठाएर लगेको छ । 

टोलीसँगै आएका सेनाका एक सैनिकले उक्त बस्तु स्याउ भएको बताएका छन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *