खगेन्द्र पराजुली,
१४ पौष, नवलपुर ।
गएराती कावासोती नगरपालिका वडा नम्वर १४ को वडा कार्यालयमा आगजनीको प्रयास भएको छ । कावासती नगरपालिका अन्तर्गत पर्ने पुर्बपश्चिम मुख्य मार्ग स्थित डण्डाचोकबाट ३ कि.मी. दक्षिणमा रहेको साबिकको अग्यौली गाउँ बिकास समितिको कार्यालय भवनमा सञ्चालनमा आएको वडा कार्यालयको प्रशासन कोठामा क्षति पुर्याउने गरी आगजनीको प्रयास भएको वडाध्यक्ष जीतबहादुर महतोले जानकारी दिनुभएको हो ।
वडाअध्यक्ष महतोका अनुसार प्रशासन कक्षको झ्यालबाट मोबिल पोखेर आगो लगाउँदा झ्यालमा रहेको पर्दा सल्किएर डष्टबिन सम्म आगो पुगे पनि अरु भने क्षति हुन पाएको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट अनुसन्धानका लागी प्रहरी टोली पुगेको छ भने नगरपालिका प्रमुख चन्दंकुमारी पुन समेत घटनास्थलमा पुग्नुभएको छ ।
घटना कसले घटाएको हो भन्ने यकिन हुन सकेको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment