Thursday, November 7, 2019


खगेन्द्र पराजुली, 
२१ कार्तिक, नवलपुर । 

मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कास्की २ मा २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।  आज कास्कीमा उपनिर्वाचनका लागि १४ जना दलगत तथा ११ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

कास्कीका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले दिएको जानकारी अनुसार (नेकपा) का तर्फबाट विद्या भट्टराई, काँग्रेसका खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीबाट चन्द्र बहादुर रानाभाट, राप्रपाका रोमबहादुर भण्डारी लगायतले उम्मेदवारी दर्ता गराएको छन् । 

यस्तै बाग्लुङ २ ख मा हुने प्रदेश साँसदका लागी १० जनाको मनोनयन परेको छ ।

बागलुङमा मनोनयन पत्र बुझाउनेमा जनमोर्चाबाट खिमबिक्रम शाही, नेपाली काँग्रेसका जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपाका गणेशबहादुर कुँवर, राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चबाट अनिल कुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनबाट मित्र बहादुर मगर, स्वतन्त्रबाट सन्तोष भण्डारी र शेरमान घर्तीमगर रहेका छन् ।
स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका शेरमान घर्तीमगर  बिद्रोही उम्मेदवार भएको राजनैतिक बृत्तमा चर्चा छ । 

घर्तीमगर नेकपाका कार्यकर्ता हुनुहुन्छ । सो क्षेत्रमा नेकपाले जनमोर्चालाई सघाउने भएकाले नेकपाले आधिकारीक उम्मेदवार उठाएको छैन । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *