खगेन्द्र पराजुली,
२१ कार्तिक, नवलपुर ।
रजहरमा आज बिहान भएको सडक दुर्घटनामा परी घाईते भएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पाको पोखराथोक बस्ने २२ बर्षका राजेश नेपाल र मोटरसाईकलमा सवार अन्दाजी २० देखी २५ बर्षका आशिष चौधरी रहेको प्रहरीले जनाएको छ ।
उपचारका क्रममा पछिल्लो अपडेटका समय मृत्यु भएका भनिएका आशिष चौधरीको एटिएम कार्डका आधारमा परिचय मात्र खुलेको तर ठेगाना अझसम्म नखुलेको बताईएको छ ।
देबचुली नगरपालिका १७ रजहरको फारमस्थित स्वास्थ्य चौकीको सामुन्ने पूर्ब पश्चिम लोकमार्ग अन्तर्गत मुख्य–सडकमा भएको दुर्घटनामा परी मोटरसाईकलमा सवार २ जनाकै उपचारका क्रममा अस्पतालमा मृत्यु भएको नवलपुर जिल्ला प्रहरी कार्यालयका अनुसन्धान प्रमुख राजेन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ ।
बोलेरो जीपको ठक्करबाट दुर्घटना भएको हुनसक्ने भनिएपनि अहिलेसम्म जीप र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले लु ४१ प २९३९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएकोले सिसीक्यामेरा फुटेजका आधारमा अनुसन्धान भईरहेको अनुसन्धान प्रमुख अधिकारीले बताउनुभएको छ ।
अहिले मृतक दुबै युवकको शव भरतपुर सरकारी अस्पतालको शवगृहमा राखिएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment