खगेन्द्र पराजुली
२१ कार्तिक, पोखरा ।
कास्कीको पोखरामा आज बिहान शंकास्पद वस्तु विष्फोट भएको छ।
पोखरा महानगरपालिका वडा नम्वर ७ मा निर्माणाधिन अवस्थामा रहेको पर्यटकीय बसपार्कमा बिष्फोट भएको हो । निर्माणाधिन परिसरमा ढुंगा, रोडा, बालुवा राखिएको खुल्ला ठाउँमा बिष्फोट भएको कास्की प्रहरीले जनाएको छ ।
उपनिर्बाचनका लागी आज मनोनयन दर्ता भइरहेको अवस्थामा निर्वाचन अधिकृतको कार्यालय देखि करीव १ किलोमिटर टाढाको दुरीमा विष्फोट भएको कास्की प्रहरी प्रबक्ताले जानकारी दिनुभयो ।
बिष्फोटलगत्तै जनजीवन त्रसित भएपनि अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बिष्फोटका कारण मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले उच्च सुरक्षा सतर्कताका साथ अनुसन्धान थालेको र बिष्फोटमा संलग्न ब्यक्तिको खोजी भईरहेको जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment