Wednesday, November 6, 2019

खगेन्द्र पराजुली
२० कार्तिक, नवलपुर ।


बच्चा चोरको शंकामा गाउँलेले नियन्त्रणमा लिईएकी महिला मानसिक रुपमा कमजोर रहेको पत्ता लागेको छ ।
आज साँझ देबचुली १२ गैडीमा भेटिएकी अपरिचित महिलालाई बच्चा चोरको शंका लागी दलदले स्थित अस्थायी प्रहरी चौकीमा पुर्याएका थिए ।


दलदले प्रहरी चौकी प्रमुख अर्जुन रानाका अनुसार अनुसन्धानका क्रममा ति महिला मानसिक रूपमा कमजोर रहेकाले उद्धार गरिएको छ ।


बाजुरा जिल्ला बुढीगंगा १ स्थायी घर भई हाल कंचनपुर जिल्ला भीमदत्त १८ बस्ने ५२ वर्षीया मथुरादेबी सिंह भएको जनाईएको छ ।


५२ वर्षीया ति महिलाका श्रीमान् बेपत्ता भएपछि उनी मानसिक रुपमा कमजोर रहेको अनुसंधानका क्रममा खुलेको प्रहरीले जनाएको हो ।


रानाका अनुसार देबचुली १२ का वडा अध्यक्ष कै रोहोवरमा महिलाका बारेमा र परिवारका बारेमा पत्ता लगाई उनलाई काठमाण्डौ जाने बसमा पठाईएको हो ।


काठमाणडौमा उनका छोरा बस्ने गरेकाले छोराको सम्पर्कमा पठाईएको हो ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *