Wednesday, January 1, 2020


खगेन्द्र पराजुली, 
१६ पौष, नवलपुर । 

अंग्रेजी नयाँ वर्ष २०२० को पुर्बसन्ध्यामा मंगलवार नवलपुरबाट मापसेका १९ जनालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा पठाईएको छ । 

प्रहरीले जिल्लास्थित फरकफरक ठाउँमा गरेको चेकिङ र गस्तीका क्रममा २ वटा कार चालक , १४ वटा मोटरसाईकल चालक र सार्वजनिक स्थानमा होहल्ला गर्दै हिड्ने ३ जना गरी १९ जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही तथा जरिवानाका लागी जिल्ला ट्राफिक कार्यालय तथा जिल्ला प्रशासन कार्यालय नवलपुर पठाईएको प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी मोहनबहादुर खाँडले जानकारी दिनुभएको हो । 

यसैबीच, मंगलवार नियमित सवारी चेकजाँचका क्रममा पुर्बपश्चिम मुख्यमार्ग अन्तर्गत देबचुली १५ धौलागिरी चोकबाट २ जना लागु औषध सहित पक्राउ परेका छन् । 

पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको ना २९ प ५२०० नम्बरको मोटरसाईकलमा सवार भरतपुर महानगरपालिका वडा नम्वर १४ का २० बर्षका सुरज लामिछाने र सोही ठेगानका २५  बर्षका दिवस पौडेल को साथबाट नाईट्रोभेट २१ पत्ताबाट ३१५ ट्यावलेट वरामद गरी उनीहरुलाई नियन्त्रणमा लिईएको जनाइएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *