Friday, January 3, 2020


खगेन्द्र पराजुली, 
१८ पौष, नवलपुर । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

नेकपाले गण्डकी प्रदेशबाट पदावधि सकिएका २ पदमध्ये अन्यतर्फ नारायणकाजी श्रेष्ठलाई र महिलातर्फ भगवती न्यौपानेलाई उम्मेदवार खडा गरेको छ । 

श्रेष्ठ नेकपाका पार्टी प्रवक्ता समेत हुनुहुन्छ  । उहाँ यसअघि प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित हुनुभएको थियो । 

त्यस्तै, न्यौपाने पूर्ब नेकपा एमालेको तनहँु जिल्ला कमिटि सचिव हुनुहुन्थ्यो भने हाल नेकपा तनहुँको कार्यालय सदस्य तथा नेकपा निकट अनेमसंघ स्थायी कमिटि सदस्य समेत हुनुहुन्छ । न्यौपानेले यसअघि भएको स्थानीय तहको निर्बाचनमा तत्कालिन एमालेबाट भानु नगरपालिकाको मेयरको उम्मेदवार बन्दा हार बेहोर्नुभएको थियो । 

ग्ण्डकीबाट कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेकाले उहाँहरुको ठाउँमा निर्वाचन हुने भएको हो । 

निर्वाचन माघ ९ गते हुनेछ ।  निर्वाचनका लागि आयोगले निर्वाचन केन्द्र तोकिसकेको छ । 

गण्डकीको चुनावका लागी जिल्ला निर्वाचन कार्यालय कास्कीमा केन्द्र तोकिएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *