१७ पौष, नवलपुर ।
देबचुली ९ स्थित घुमाउरी पिकनिक स्पटमा जारी भलिबल प्रतियोगितामा आज ३ वटा खेल सम्पन्न भए ।
जनजागृत युवा क्लबद्वारा आयोजित जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा देबचुली ८ आँपटारी, रियान्स सप्लायर्सको समुह, र आयोजक समुहले जीत निकालेका छन् ।
देवचुली–८ आँपटारीले आयोजक एक समुहलाई हराएको छ भने रियान्सले देवचुली ९ को समुहलाई पराजित गरेको हो त्यस्तै, प्रतिस्पर्धामा आयेजकमध्येको अर्को एक समुहले देबचुली ४ को कृयटिभ युवा सन्जालसँगको खेलमा जित निकालेको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment