Wednesday, March 25, 2020




खगेन्द्र पराजुली
१२ चैत्र, नवलपुर । 

अहिले कोरोनाको संक्रमणको जोखिम कम गर्न केन्द्रिय सरकारले गरेको प्रयासमा नागरीकले समेत साथ र समर्थन दिईरहेका छन् ।

तर, स्थानीय सरकार भने सस्तो लोकप्रियताका लागी बिना तयारी रोकथामका रणनीति घोषणा गर्दै जनतालाई झन् भयभित र मानसिक तनाव बढाएको अनुभुति भएको स्थानीयले नै महशुस गरेका छन् । 

नवलपुरको देबचुली नगरपालिकाले यहाँका ८ वटा पालिकामध्ये सबैभन्दा पहिले सजगता र सतर्कताका उपाय अपनाएको हो । 

नगरपालिका कार्यालय प्रबेश गर्दा सावुनपानीले हात धुने प्रबन्धदेखी प्रत्येक वडामा अस्थायी क्वारेन्टाईन खडा गर्नेसम्मका घोषणा गर्यो । केही वडामा बिद्यालयका भवनकोठा क्वारेन्टाइनका रुपमा बिकास पनि गर्यो । तर, क्वारेन्टाईनका लागी आवश्यक पर्ने आधारभूत आवश्यकता समेत नभएको स्थानीयको गुनासो रहेको छ । 

देबचुली १५ प्रगतिनगरका एक स्थानीय बिष्णु खरेलले वडा नम्वर १५ मा मात्रै होली पछि अहिलेसम्म भारत लगायत अन्य बिदेशवाट आउनेको संख्या २ सय जनाभन्दा बढी रहेको बताउनुहुन्छ ।

यो कुरा यसअघि नगरपालिकाको अनुगमन टोली आउँदा पनि आफुले बताएको बताउनुभयो । 

सोही क्रममा वहाँले नगरपालिकाले सस्तो लोकप्रियताका लागी  स्थानीय मिडियावाट चर्का कुरा सार्वजनिक गर्ने तर त्यसलाई कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभएको छ । 

वहाँले भन्नुभयो– यो संकटका बेला नगरपालिकाले गर्न खोजेका कुरामा नगरवासीले साथ त दिएकै छन् तर कोरोना संक्रमण न्युनीकरण र रोकथामका लागी भन्दै बिपतका नाममा छुट्याईएको १ करोड रुपैयाले कम्तीमा आधारभूत आवश्यकता पुरा गर्नुपथ्र्यो । एउटा बिद्यालयको कोठामा बिना हेरचाह, बिना सुरक्षा, खाना, पानी, बेड–बिस्तारा बिना क्वारेन्टाईन कक्षमा जा भन्नु उचित भएन । वहाँले भन्नुभयो ।

फ्रान्सबाट कतार हुदै काठमाण्डौ आएकी एक किशोरीमा कोरोना संक्रमण देखिएपछि र बिश्वका १ सय पन्चानब्बे भन्दा धेरै मुलुकमा यो रोगको संक्रमण सहितका लक्षण देखा परेपछि नेपालले पनि लकडाउनको घोषणा गरेसँगै नागरीकमा संक्रमण नियन्त्रणमा आउने आशा पलाएको छ र सतर्कता पनि अपनाईरहेका छन् भने भय, त्रास पनि उत्तिकै रहेको छ । 

नागरीकका यिनै संबेदनाका कारण हिजो देबचुली १५ स्थित प्रगतिनगर वजार क्षेत्रमा बिदेशबाट आएका १ दम्पतीलाई स्थानीयले क्वारेन्टाईनमा पठाउन भन्दै दवाव दिएको उनीहरुका आफन्तले बताएका छन् । 

ती आफन्तले ४०–५० जनाभन्दा बढी मानिसहरुको भीडले मानसीक तनाव थोपरिदिएको समेत बताएका छन् । गत चैत्र २ गते सिंगापुरबाट आएका आफन्तले कोठामै सावधानीपुर्बक सेल्फ क्वारेन्टाईनका नम्र्सहरु फलो गर्दा गर्दै यस्तो ब्यवहार हुनु सामान्य नभएको बताए । 
सोही क्रममा देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख, औधोगिक सुरक्षा बल दलदलेका प्रमुख सहितको टोली पुगेको थियो । 

प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले वडामै कवारेन्टाईनका रुपमा राखिएको भनिएको जन ज्योति माबिको कोठामा रहन आग्रह गर्नुभएको थियो । 

तर उनीहरु बिना सुबिधा क्वारेनटाईनमा जान मानेनन् । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *