Thursday, March 26, 2020


१३ चैत्र, पोखरा । 

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि १५ करोडको कोष स्थापना गरेको छ । हिजो बुधवार वसेको मन्त्रीपरिषद वैठकले १५ करोडको कोष स्थापनाका लागि उक्त रकम बिनियोजन गर्दै सो कोषमा सहयोग गर्न प्रदेश सभासद, सवै तहका निर्वा्चित जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, व्यापार व्यवसायी लगायत सवैलाई अनुरोध गरेको छ । 

कोषमा बुधवार नै सवै मन्त्रीले १ महिनाको तलव जम्मा गरेका छन् ।

त्यसैगरी बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर र प्रमुख सचिव हरिप्रसाद वस्याल सदस्य रहेको ५ सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ । 

कोरोना सम्बन्धी सवै काम बुधवारदेखि नै सोही समितिले गर्ने सरकारका प्रवक्ता रामशरण वस्नेतले वताए ।
वैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्वन्धी आवश्यक सामग्री खरिद गर्नका लागि प्रदेश अन्तर्गतका ११ वटै (सवै) जिल्ला अस्पतालहरुलाई रु. १० लाख रकम दिने निर्णय गरेको छ । 

यसपूर्व विनियोजन गरेको रु. ५ लाखमा रु. ५ लाख नै थप गरी रु. १० लाख दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता वस्नेतले वताए ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *