१३ चैत्र, बागलुङ ।
हिजो धौलागिरी अञ्चल अस्पताल र स्वास्थ्य कार्यालय बागलुङका चिकित्सकको समूहले चैत्र ५ गते कोरोना संक्रमण देखिएकी युवती आएको बिमानबाट नेपाल आएकी बाग्लुङकी एक युवतीको स्वाब कोरोना परीक्षणको लागि प्रादेशिक प्रयोगशाला पोखरामा पठाएको छ ।
उक्त नमुना प्रादेशिक प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाउने छ । आज उक्त नमुना परीक्षणका लागि सम्बन्धित ठाउँमा पुग्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
केही दिनदेखि ज्वरो आउने, रुघाखोकी लगायतका समस्याबाट ग्रसित महिलालाई संक्रमण भए नभएको पुष्टि गर्न नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको हो।
मंगलबार नै बिरामीले परीक्षणका लागि नमुना संकलन गरिदिन परिवारले आग्रह गरेपछि स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिइ) को अभाव हुँदा संकलन प्रभावित भएको थियो।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment