१३ चैत्र, नवलपुर ।
नवलपुरको कावासोती नगरपालिकाको वडा नं. १ मा ६ र वडा नं. ६ मा १० शैयाको क्वारेन्टाइन खडा गरीएको छ ।
कोरनाभाइरस रोकथाम समितिका संयोजक तथा कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया सहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण. नागीला तथा स्वास्थ्य शाखाका कर्मचारीको टोलीले यहाँका स्वास्थ्य सेवा केन्द्रहरु, सबै वडामा क्वारेन्टाइन संचालन गर्न उपयुक्त सम्भाव्यताको खोजी गर्दा यी २ वटा वडामा हिजोदेखी सेवा संचालनमा ल्याएका छन ।
संयोजक मर्दनियाका अनुसार नगरपालिकाको अन्य वडामा आजसम्ममा क्वारेन्टाइन स्थापना गर्नेे जनाउनु भएको छ । वहाँले कावासोती नगरपालिकाको सबै वडा कार्यालय मार्फत विदेशबाट हालै घर फर्किएका व्यक्तिको विवरण संकलन कार्य समेत शुरु गरीसकिएको बताउनुभएको छ ।
नगरपालिकाल हिजो नै कावासोती नगरपालिकाको स्वास्थ्य इकाइमा नगरपालिका भित्र रहेका ७ बटा एम्वुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सम्बन्धि तालिम र सामाग्री हस्तान्त्रण गरेको कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रम्ख कृष्ण नागीलाले बताउनु भयो ।
यसअघि, नगरको वडा नं. ३ मा रहेको कुमारी निजी गुठीको अस्पतालमा २० शैया, वडा नं. ४ मा ५ शैयाको क्वाररेन्टाईन र वडा नं. १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा ३ शैयाको आइसोलेशन कक्ष स्थापना गररेको छ ।
योसँगै कावासोतीमा ३८ क्वारेनटाईन शैया र ३ आईशोलन शैया तयार पारेको छ ।
यस्तै, नवलपुरकै देबचुलीमा रहेको प्राकृतिक चिकित्सालय रजहरमा ४ सय शैयाको क्वारेन्टाइन स्थापना गरीएको छ ।
गैडाकोट नगरपालीका नगरप्रमुख छत्रराज पौडेल र प्राकृतिक चिकित्सालयका प्रशासनिक प्रमुख हरी सापकोटाबीच भएको छलफल पछि दुबै पक्षबीच समझदारी भै कोरना भाइरस संक्रमणको आशंका भएकाहरुलाई राख्न ४ सय शैयाको क्वारेन्टाइन स्थापना गरीएको नगर प्रमुख पौडेलले बताउनु भयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment